काठमाडौँ / नेपाली कांग्रेसको पार्टी सभापति शेरबहादुर देउवालाई क्रियशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझाएको छ । देउवालाई मंगलबार समितिले क्रियशील सदस्यताको प्रतिवेदन बुझाएको हो ।
कांग्रेसमा क्रियाशील सदस्यको संख्या ८ लाख ५२ हजार ७११ पुगेको समितिले जनाएको छ । रमेश लेखक संयोजक रहेको सात सदस्यीय समितिले करीब डेढ महिना लगाएर सदस्यताको काम सम्पन्न गरेका हो ।