बिर्तामोड / मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रति तोला तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९१ हजार ८०० रुपैयाँमा झरेको हो । 

गत सोमबार बजारमा प्रतितोला एक सय रुपैयाँले बढ्दै सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत ३०० रुपैयाँले नै घट्दै ९१ हजार ३०० रुपैयाँमा कायम भएको छ । 

OM Sai Pathibhara Hospital

यता, चाँदीको मूल्य भने आज मंगलबार पनि स्थिरता कायम हुँदै प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।