बिर्तामोड(एजेन्सी) अमेरीकाको दक्षिण पश्चिमी राज्य युटानमा एकैसाथ २२ ओटा सवारी साधन दुर्घटनामा परेका छन् । उक्त दुर्घनामा परी आठ जनाको मृत्यु भएको छ ।

अमेरिकी सञ्चार माध्यमका अनुसार धुलो र बालुवा मिसिएर आएको आँधीका कारण गत आइतबार उक्त दुर्घटना भएको हो।

OM Sai Pathibhara Hospital

आँधीका कारण चालकहरूले अगाडिको बाटो नदेखेपछि कानोस सहर नजिकैको इन्टरसेक्सन १५ मा  सवारी साधनहरू दुर्घटनामा परेका हुन्।  सुरुमा एक जना चालकले गाडी रोकेपछि तीव्र गतिमा रहेका अरू सवारी साधनहरू पनि एकअर्कासँग ठोक्किए पछि दुर्घटना भएको बताइएको छ । 

दुर्घटनाबाट मृत्यु हुनेमा बालबालिका पनि छन्। मृत्यु भएका आठ जनामध्ये पाँच जना एउटै कारमा रहेको अधिकारीहरूले जनाएका छन्।

दुर्घटनामा परी अरू  १० जना मानिस घाइते भएका छन्। उनीहरूले एम्बुलेन्स र एयर  एम्बुलेन्सबाट अस्पताल लगिएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।