बिर्तामोड(एजेन्सी) भारतको असम र मिजोरमको सीमामा झडप हुँदा छ जना प्रहरीको मृत्यु भएको छ । भारतका दुई उत्तरपूर्वी राज्य असम र मिजोरम सीमाको विषयमा प्रहरीहरू बीच झडप भएको थियो । 

झडपमा मारिने सबै प्रहरी आसामका भएको आसामका मुख्यमन्त्री हिम्मत विश्व शर्माले ट्वीट मार्फत जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

असमको छिमेकी राज्यहरू त्रिपुरा र मिजोरमसँग लामो समयदेखि सीमा विवाद छ। असम र मिजोरमको सीमा विवादमा केन्द्रले हस्तक्षेप गरे पनि विवाद सुल्झिएको छैन। 

पछिल्लो समय मिजोरमले असमको सीमामा सडक बनाउने र नयाँ प्रहरी क्याम्प राख्ने कार्य गरेको  मुख्यमन्त्री विश्व शर्माको आरोप छ।

उक्त कार्य रोक्न जाँदाखेरी असमका अधिकारीहरूमाथि आक्रमण भएको उनको दाबी छ। मिजोरम पक्षबाट भएको आक्रमणमा त्यहाँको प्रहरीको पनि साथ रहेको उनले वक्तव्यमार्फत जनाएका छन्।

झडपमा परी अरू प्रहरी पनि घाइते भएको उनले बताएका छन्।