काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठक आज (मंगलबार) बस्ने भएकामे छ । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि जसपाको पहिलो बैठक आज २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने भएको हो । 

कार्यकारिणी सदस्य रामनरेश राय यादवका अनुसार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बस्ने बैठकमा आधिकारिकता पाएपछि पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुनेछ ।

OM Sai Pathibhara Hospital

संसदीय दलको विधान कार्यकारिणी समितिबाट पारित भइसकेको छ । सो विधानलाई संसदीय दलमा पठाइने छ । संसदीय दलमा प्रकृया सुरु गरेर संसदीय दलको नेता चयन हुने बताइएको छ । संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुने भएका छन् ।