काठमाडौं / जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरीले एउटा पक्षमा हस्ताक्षर गर्न नैतिकताले नदिएको बताएका छन् ।
डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका चौधरीले एउटा पक्षमा हस्ताक्षर गर्न आफ्नो नैतिकताले नदिएको बताएका हुन् ।
जसपा आधिकारिकता विवादमा निर्वाचन आयोगले बहुमत पक्ष छुट्याउन ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सोमबार बोलाएको थियो ।
सोमबार डिल्लीबजार कारागारबाट प्रहरीको गाडीमा राखेर निर्वाचन आयोग लगिएका चौधरीले आफूले जसपा विवादमा दुबै पक्षमा मत नदिएको जिकिर गरे ।
‘जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन । मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो’ उनले निर्वाचन कार्यालयबाहिर पत्रकारहरुसँग भने ।