उदयपुर / उदयपुरमा बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका –४ सिम्ले घर भएका ३० वर्षीय दिनेश दनुवार रहेका छन् । 

१३ वर्षीया बालिकालाई निर्माणाधीन घरमा लगेर बलात्कार गरेको आरोपमा उदयपुरको कटारी नगरपालिकाबाट दनुवारलाई आइतबार  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

OM Sai Pathibhara Hospital

छिमेकीको घरबाट आफ्नो घरतर्फ आउँदै गरेकी बालिकालाई शनिवार उनले जबर्जस्ती करणी गरेको पीडितको आरोप छ । इलाका प्रहरी कार्यालय कटारीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।