सर्लाही / सर्लाहीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हरिवन नगरपालिका –४ गणेश चोकका ६२ वर्षीय तेतरी खातुन रहेका छन् । 

सोमबार बिहान २ बजे खातुनमाथि हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

OM Sai Pathibhara Hospital

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई नमूना अस्पताल हरिवनमा लगिएको थियो। उनको दायाँ खुट्टा र पेटमा चोट लागेको थियो। नमूना अस्पतालमा सामान्य उपचारपछि नेशनल मेडिकल कलेज वीरगञ्ज लगिएको थियो।

खातुनको त्यहाँ साढे ६ बजे मृत्यु भएको थियो।

त्यस्तै, सोमबार बिहान साढे ५ बजे बागमती नगरपालिका वडा नम्बर ४ रेल्वे नजिकै ३५ वर्षीय पुरुषमाथि आक्रमण भएको थियो। उनको आक्रमणबाट बायाँ खुट्टा भाँचिएको र बायाँ कानमा चोट लागेको छ। उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ।