काठमाडौं / जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोगमा उपस्थित भएका छन् । डिल्लीबजार कारागारमा रहेका चौधरी जसपाको आधिकारिकता विवाद हेड काउन्टका लागि निर्वाचन आयोगमा उपस्थित भएका हुन् ।
निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार बोलाएको थियो । चौधरी त्यसकै लागि डिल्लीबजार कारागारबाट आयोग आएका हुन् । सम्भवत आजै आयोगले आधिकारिकताबारे निर्णय सुनाउनेछ।