बिर्तामोड(सिन्ह्वा) इजरायलले संयुक्त अरब इमिरेट्स (युएइ)का लागि पहिलो पटक राजदूत नियुक्त गरेको छ ।  दुई देशबीचको सम्वन्ध सामान्य हुदै गएकाले राजदूत नियुक्त गरिएको इजरायलका विदेश मन्त्रीले आइतबार जानकारी दिएका छन् । 

इजरायली विदेश मन्त्री याइर लापिडले इजरायलको तर्फबाट युएइका लागि राजदूतमा अमिर हइकलाई नियुक्त गरिएको जानकारी दिए । 

OM Sai Pathibhara Hospital

राजदूतमा नियुक्त भएका हइक यसअघि उद्योग, व्यापार र रोजगार मन्त्रालयका निर्देशकका रुपमा काम गरेका थिए । उनी राम्रो अर्थशास्त्रीका रुपमा पनि परिचित छन् । “हइकसँग अर्थतन्त्र र पर्यटनको क्षेत्रका बारेमा पर्याप्त अनुभव र ज्ञान छ, त्यसलाई उहाँले सदुपयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौँ,” विदेश मन्त्री लापिडले भने । 

उनको अनुभव, क्षमता, योग्यता र विज्ञताले दुई देशको सम्वन्धलाई राम्रो बनाउदै दुबै पक्षको हितका कामहरु हुने आशाा गरिएको बताए ।