धादिङ / धादिङको गजुरी गाउँपालिका –२ मलेखुमा अवैध सम्बन्धका क्रममा भेटिएका जोडीलाई राजनीतिक दबाबमा कारवाही नगरी छोडिएको छ । श्रीमान र छोरासँग सुतेकी महिला घरमै पर पुरुषसँग आपत्तिजनक अवस्थामा फेला परेकी थिइन् । 

राती पिसाव लागेर ब्युँझिँदा श्रीमती ओछ्यानमा थिइनन् । श्रीमती खोज्दै उनी बाहिर निस्किए । बाहिर रहेको अर्को कोठामा उनकी श्रीमती परपुरुषसँग नग्न अवस्थामा भेटिइन् । त्यसपछि आफूले बाहिरबाट ताला लगाइदिएर प्रहरी र छिमेकीलाई बोलाएको उनले बताए ।

OM Sai Pathibhara Hospital

प्रहरी आएपछि प्रहरीले ती पुरुषकी श्रीमती र उनीसँगै फेलापरेका पुरुषलाई इलाका प्रहरी कार्यालय लगियो । अर्धनग्न अवस्थामा प्रहरी कार्यालय पुर्याइएका ती युवा राजनीतिक दबावमा छुटेको पीडित परिवारले बताएका छन् ।

उनीहरूलाई राजनीतिक दबावको आधारमा छाडिएको पीडितको भनाई छ । हामीले जाहेरी दिन खोज्दा जाहेरी लिन समेत प्रहरीले अस्वीकार गर्यो,’ पीडितका आफन्तले भने,‘ अहिले प्रहरीले पक्राउ परेकी महिलालाई उनको माइती पक्षलाई जिम्मा लगाएर पठाएको छ । यता पुरुषलाई भने कारवाही नगरी छाडेको छ ।’

प्रहरीका अनुसार पक्राउ पर्नेमा बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ रिचोकटारका राजेश बराकोटी रहेका छन् । उनलाई नेकपा एमाले ओली समुहका नेताको दबावका कारण छाडिएको पीडितका आफन्तले बताए ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी युवराज खड्काका अनुसार पुरानो मलेखु बजार नजिकै उक्त घरमा केटा र केटी अनैतिक क्रियाकलाप गरेको विषयमा सूचना आएपछि प्रहरी पुगेको थियो । पहरीले बराकोटी र ती महिलालाई शनिबार राती नै ल्याएको थियो ।

तर, पक्राउ परेकी महिलाले आफूहरू घरको भर्याङमा गफ गरेर बसेको बयान दिएपछि मुद्दा चलाउने कानुनी आधार नभएको डीएसपी खड्काले बताए ।

उनका अनुसार ती महिलालाई परिवारले र माइती पक्षले समेत जिम्मा लिन अस्वीकार गरेपछि सहयात्री समाज नामक संस्थाको जिम्मा लगाइएको छ । यता ती महिलाको २७ महिने छोरा भने बाबुसँगै रहेको पीडित परिवारका आफन्तले बताए ।