ट्युनिस(सिन्ह्वा) ट्युनिसियाका राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरेका छन् भने संसद् पनि निलम्बन  गरेको बताइएको छ । राष्ट्रपति काइस सेइदले आइतबार प्रधानमन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसलगत्तै उनले संसद पनि निलम्बन गरेको बताइएको छ ।

आइतबार राति सेइदले प्रधानमन्त्री हाइचेम मेकिचीलाई बर्खास्त गरेका थिए ।  राष्ट्रपति सेइदले आइतबार राति चालेको यो कदमको जानकारी ट्युनिसियाका राष्ट्रपतिको आधिकारिक फेसबुकमा भिडियो राखेर जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

त्यसपछि यहाँको सरकारको नेतृत्व पनि उनी आफैले गरेको बताइएको छ । उनले अकस्मात गरेको सो घोषणामा अर्को प्रधानमन्त्री नियुक्त नगर्दासम्म आफैले सरकारको नेतृत्व गर्ने बताएका छन् ।

त्यसैगरी संसद निलम्बन गरेर सबै सांसदहरुको पद स्वतह खारेज गरेको पनि सो भिडियोमार्फत् जानकारी गराएका छन् । आइतबार मात्र यहाँका नागरिकले यो उत्तर अफ्रिकी देशको स्वास्थ्य र आर्थिक अवस्था निकै नाजुक भएको, महामारीका बेलामा पनि सरकारले जनतालाई केही राहात र सहुलियत दिन नसकेको भन्दै सरकारका विरुद्धमा प्रदर्शन गरेका थिए । 

उनीहरुले वर्तमान सरकारलाई हटाउन र संसद पनि निलम्बन गरेर नयाँ निर्वाचनको लागि आह्वान गर्न माग गरेका थिए