काठमाडौँ / जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

न्यायाधीश कुमार रेग्मीको इजलासले यस विषयमा दुबै पक्षलाई साउन १५ गते छलफलका लागि बोलाउने फैसला गरेको छ । आजको इजलासले निर्वाचन आयोगको निर्णयको सक्कल प्रति पनि मगाएको छ । जसपाको आधिकरिकता विवाद निरुपण गर्न निर्वाचन आयोगले साउन ११ गते सबै कार्यकारिणी समिति सदस्यलाई उपस्थित हुन आदेश दिएको छ । उक्त निर्णयविरुद्ध ठाकुर सर्वोच्च पुगेका हुन् ।