भद्रपुर / झापाको भद्रपुर स्थित ज्ञानेचोकमा रहेको सहारा नेपाल (साकोस)को सेवाकेन्द्रले दिवंगत भएका सदस्यको  ऋण मिनाह गरेको छ । साकोसले ३ जना सदस्यको ११ लाख ६८ हजार  ऋण मिनाहा गरेको सेवाकेन्द्रका प्रमुख सुदिप खड्काले जानकारी दिएका छन्  

भद्रपुर नगरपालिका गौरीशंकर स्थित पूर्णिमा सहारा महिला समूह नं.३४ की दिवंगत सदस्य सीतादेवी दाहालको ८ लाख ६८ हजार रुपिँया ऋण मिनाह गर्दै मृतककी आमा तिलरुपा दाहाललाई आज एक कार्यक्रमका बिच उक्त रकम हस्तान्तरण भएको थियो । दाहालको ३ महिना अगाडी घाँस काट्न जानेक्रममा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । उनले लिएकाे ऋण मिनाह संगै थप ४ लाख दुर्घटना  राहतस्वरुप उपलव्ध गराईएकाे हाे ।

OM Sai Pathibhara Hospital

त्यसैगरी भद्रपुरकै लगनशिल सहारा महिला समुह नं. ६९ की सदस्य भगवती थापा आले मगरको श्रीमान् विमलसिंह आले मगरको निधन भएकोले श्रीमतीले लिएको २ लाख रुपिँया ऋण सहाराले मिनाह गरिदिएको छ । विमलकाे बैदेसिक राेजगारीकाे क्रममा दुवईमा निधन भएकाे थियाे ।

भद्रपुर–४ मा रहेको लक्ष्मीनगर सहारा महिला समूह नं. १०८ की सदस्य सीतादेवी दाहालको श्रीमान् कमलबहादुर बस्नेतको मृत्यु भएर एकल बनेकी सीतादेवीले लिएको १ लाख रुपैया पनि आजै मिनाह गरिएको सेवाकेन्द्रका कर्मचारी मुकुन्द उप्रेतीले जानकारी दिएका छन्  ।

सेवाकेन्द्र प्रमुख सुदिप खड्काको अध्यक्षतामा आयोजित ऋण मिनाह कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आथित्यता रहेको थियो ।