काँग्रेसमा गूट
उपगूटका कारण मन्त्री चयनमा विवाद भएपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल
नेतृत्वको मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको थियो ।
यसअघि कांग्रेसका
तर्फबाट कुमार खड्का सरकारमा सहभागि भएका छन् । काँग्रेसको भागमा भौतिक पूर्वाधार,
शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय,
कानुन, सञ्चार तथा प्रदेशसभा मामिला, उद्योग वाणिज्य
तथा आपूर्ति मन्त्रालय परेको छ ।
काँग्रेसले तीन जनाको नाम छनोट गरेपनि कसले कुन मन्त्रालय पाउने भन्ने टुंगो भने लगाएको छैन । यसअघि माओवादीले पनि बिहीबार तीन मन्त्रीको टुंगो लगाएको थियो ।
माओवादीले रामजी बराल (जीवन) अर्थमन्त्री, चन्द्रबहादुर बुढा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री र दीपक थापा वन, वातावरण तथा भू–संरक्षण मन्त्रीमा नाम टुंगो लगाएको हो । काँग्रेस र माओवादीका तीन/तीन जनाले आजै शपथ लिँदै छन्।