कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा
महाधिवेशन निर्धारित समयमै गर्ने गरी अधिवेशनको अन्य तालिका हेरफेर गर्ने
सम्बन्धमा छलफल भएको पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेस सभापति
एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा भएको बैठकमा
पार्टीको केन्द्रीय निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समितिका संयोजकले
प्रारम्भिक प्रतिवेदन पेश गरेका थिए । दुवै प्रतिवेदनमाथि छलफलपश्चात शनिबार पुनः
बस्ने पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका हेरफेर गर्ने सम्बन्धमा आवश्यक
निर्णय लिन सक्ने उनले बताए ।
कांग्रेसले क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट
हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि गत असार ३० गतेभित्र
तोकेको थियो । केही जिल्लाको विवादका कारण उक्त कार्य अहिलेसम्म सम्पन्न हुन
नसकेकाले पनि महाधिवेशन तालिका प्रभावित हुने पक्का छ ।
कांग्रेसको गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति
बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने
संशोधित कार्यतालिका पारित गरेको छ । संशोधित कार्यतालिकाअनुसार गाउँरनगर वडा
अधिवेशन यही साउन १२ गते, गाउँरनगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा
क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । यसैगरी प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनरएक
मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी
प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन
भदौ १ र २ गते निर्धारण गरिएको छ ।