मोरङ / मोरङ जिल्लामा एमालेका अध्यक्ष खड्गप्रसाद ओली समूहको कार्यक्रममा कुर्सीहरू तोडफोड भएको छन्। ओली समूहले नगरसमिति घोषणा गर्ने र सदस्यता नविकरण गर्ने भन्दै आयोजना गरेको निर्धारित कार्यक्रमअगावै एक समूहले कार्यक्रमस्थलमा राखिएका कुर्सी तोडफोड गरेका हुन् ।

उर्लाबारी नगर संयोजक उमाकान्त गौतमका अनुसार विस्तारित बैठक आयोजना हुनुभन्दा अगाडि नै तोडफोड भएको थियो । तोडफोड कसले गरेको खुल्न नसकेको र तोडफोड गर्ने समूहको खोजी भइरहेको पनि उनले बताएका छन् ।

OM Sai Pathibhara Hospital

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नगर संयोजक गंगा बास्तोलाले ओली समूहका असन्तुष्ट नेता कार्यकर्ताले घटना गराएको हुन सक्ने बताएका छन् ।