काठमाडौँ / नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि दिउँसो ३ बजे बस्ने भएको छ । एमालेले पार्टीमा देखिएको अन्तरविरोधका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफललाई बैठकमा निरन्तरता दिइरहेको हो ।
बुधबारको बैठकले ४ विशेष प्रस्ताव पारित गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबारको बैठकमा पार्टी एकताका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन् । बुधबार बसेको केन्द्रीय कमिटीको बैठकमा ओलीले पार्टीलाई दुई अध्यक्षात्मक प्रणाली अपनाउन आफू तयार रहेको बताएका थिए । ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका हुन् ।