काठमाडौँ / केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका नियुक्तिहरु खारेज गर्ने तयारी भइरहेको छ । संविधान विपरित अध्यादेशमार्फत गरिएका नियुक्तिहरुले दीर्घकालि अवसर पुर्याउने भन्दै प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच त्यस्ता नियुक्तिहरु खारेज गर्ने सहमति भएको हो ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न ११ मुलुकका लागि गरिएका राजदूतहरुको सिफारिस खारेज गरिसकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम सार्वजनीक गरेरमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा पनि छलफल भएको छ।