काठमाडौँ / मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज तोलामा ४०० रुपैयाँले बढेको सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज यता तेजाबी सुनको मूल्य समेत प्रतितोला ४०० रुपैयाँले नै बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको महासंघले जनाएको छ। हिजो तोलामा २०० रुपैयाँ बढेको सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज तोलामा १० रूपैयाँले घटेर १ हजार २८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।