काठमाडौँ / नेपाली काँग्रेस केन्द्रीय निर्वाचन
समितिका सदस्यमा अधिवक्ता तेजबहादुर रावल नियुक्त भएका छन् ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर
देउवाले निर्वाचन समितिका सदस्य खम्बबहादुर खातीलाई महान्यायधिवक्तामा नियुक्त
गरेसँगै रिक्त सदस्यमा कञ्चनपुरका रावललाई आइतबार नियुक्त गरेका हुन् ।
सभापति देउवाले पार्टीको विधानको धारा १५ ९९०
बमोजिम रावललाई नियुक्त गरेका हुन् । काँग्रेसको पाँच सदस्यीय निर्वाचन समितिको
संयोजकमा महादेव यादव र सदस्यमा नवनियुक्त रावलसहित गोपालकृष्ण घिमिरे,
सीताराम केसी र एकराज पोख्रेल रहेका छन् ।