काठमाडौँ  / राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेनले प्रतिनिधिसभाको विघटनपछि उत्पन्न परिस्थिति कुनै संवैधानिक प्रश्न नभई सत्ता र शक्ति सङ्घर्ष भएको टिप्पणी गरेका छन्  ।

उनि भन्छन्, “मुलुकको अहिलेको अवस्था आउनु भनेको हालको नेतृत्व असफल भएको घटनाका रूपमा लिएका छौँ । विश्वासको मतको पक्ष र विपक्षमा नरही राप्रपा तटस्थ रहनेछ।”

OM Sai Pathibhara Hospital

उनले अनुहार परिवर्तनले देशलाई निकास दिन्छ भन्ने विश्वास नभएको उल्लेख गर्दै सत्तासंघर्षको यो कुरुप दृश्यमा राप्रपा तटस्थ बस्ने बताएका हुन्। लिङदेनले सत्तासंघर्षको राजनीतिले संविधान असफल भएको पुष्टि भएको बताएका छन्।

उनि भन्छन् 'विश्वकै उत्कृष्ट संविधान भने पनि योझुट रहेछ, संविधानभित्र त छिद्रैछिद्र रहेछ, यसले संविधान असफल भएको प्रमाणित भएको छ, संविधानमात्रै होइन, ३० वर्षदेखि नेतृत्व गर्दै आएको पुस्तासमेत असफल भएको छ',

‘बालुवाटारलाई क्याटरिङ हाउस नबनउनुहोस् । अदालत नपुग्न नै हामी काम गरिरहेका थियौँ। राष्ट्रपतिको आह्वान अनुरुप हस्ताक्षर लिएर गएका हौँ । तर त्यसमा अनेक बाहना र प्रतिनिधि सभा भंग गर्दै एक व्यक्तिलाई बचाउन अनेकन गर्छ भने त्यो क्षणिक हुन्छ भन्ने स्पष्ट छ’, उनले भने, ‘पाँच दलको गठबन्धनले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। राजनीतिक गम्भीर मतभेद छ। उज्जवल प्रकारको ऐतिहासिक परम्परा छ । जव प्रतिगमन र अन्य कुनै निर्दलिय कार्य हुन्छ भने यसमा हामी सहकार्य हुन्छ।’