काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्। सर्वोच्च अदालतको आदेशबाट पुनस्स्थापित प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएका हुन् ।
संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले धारा ७६ (४) अनुसार विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भए पनि देउवाले परिस्थिति फेरिएर विश्वासको मत लिन कठिनाइ पर्न सक्ने आँकलन गर्दै विश्वासको मत लिन लागेका हुन्। कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, सर्वोच्चमा दायर गरिएको रिटमा हस्ताक्षर गरेका माधव नेपालपक्षका २३, पछिल्लो समय उपेन्द्र यादवको पक्ष लागेकासहित १७ जना, राजमोका १ र स्वतन्त्र सांसद् १ जना गरी देउवाको पक्षमा १५१ मत पुग्ने अनुमान छ ।
प्रतिनिधिसभामा नेकपा एमालेका १२१, नेपाली कांग्रेस ६३, नेकपा ९माओवादी केन्द्र० ४९ र जनता समाजवादी पार्टी नेपालका ३४ सांसद हुनुहुन्छ छन्। नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा एक स्वतन्त्र सांसद छन् ।
आइतबार दुई चरणमा बस्ने प्रतिनिधिसभा बैठकमा आज दुई चरणमा बस्नेछ। दोस्रो चरणको बैठकमा देउवाले विश्वासको मत लिनेछन् । देउवाले विश्वासको मत लिनेबारेको प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको छ ।
एमालेको माधवकुमार नेपालपक्षको सहजताका लागि चाँडै विश्वासको मत लिन लागिएको बताइएको छ। एकता प्रक्रिया चलिरहँदा विश्वासको मतले लफडा निम्त्याउने भएकाले पहिले यो कुरा टुंग्याएर मात्र एकता प्रयासमा केन्द्रित हुने नेपालपक्षको तयारी छ।