एजेन्सी / अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनीमा १३३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोपमा जम्मा १५३ जनाको मृत्यु भएको समाचारमा जनाइएको हो । 

धेरै क्षति जर्मनीमा भएको छ भने बेल्जियममा  कम्तीमा २० जनाको मृत्यु हुनको साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढी रहेको बताइएको छ । जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइनेमा बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ  । यस प्रकोपबाट यहाँ ९० व्यक्तिको मृत्यु भएको छ  ।  यस क्षेत्रमा यसअघि नै ४३ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका थिए ।