काठमाडौं / नेपाली काँग्रेस संसदीय दलको बैठक भोली आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ । काँग्रेस सभापति तथा प्रधानमन्त्री देउवा प्रधानमन्त्री बनेपछि पहिलो पकट काँग्रेसको संसदीय दलको बैठक बस्न लागेका हुन् ।
देउवाले शुक्रबार बालुवाटारमा पदाधिकारी बैठक राखेका थिए । आइतबार दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठक बैठकका सन्दर्भमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको बताइएको छ । बैठक विश्वासको मत, सरकारको प्रभावकारिता र मन्त्री छनोट लगायतका विषयमा पनि छलफल हुने जनाइएको छ ।
साथै, काँगे्रेसको राष्ट्रिय महाधिवेशनको मिति समेत नजिकिँदै गएको छ । निर्धारित समयमै महाधिवेशन हुने भएपछि काँग्रेस नेताहरुको दौडधुप बढेको छ ।