झापा /
आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७/७८ मारु चार अर्ब ११ करोड रुपैयाँ
राजस्व सङ्कलन गरेको छ । कार्यालयले
वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो ।
कार्यालयका
प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आयकरतर्फ रु एक अर्ब ८१ करोड, मूल्य अभिवृद्धि करतर्फ एक अर्ब ८५ करोड रुपैयाँ, अन्तःशुल्कतर्फ ४४ करोड रुपैयाँ र स्वास्थ्य सेवा
करबापत ९२ लाख रुपैयाँ सङ्कलन भएको बताएका छन्।
अघिल्लो
आवको तुलनामा गत आवमा ३६ दशमलव ५४ प्रतिशतले राजस्व वृद्धि भएको उनको भनाइ छ ।
अघिल्लो वर्ष कार्यालयले रु तीन अर्ब एक करोडमात्र राजस्व सङ्कलन गरेको थियो।
उनले
भापा, इलाम, पाँचथर र ताप्लेजुङका
करदाताबाट कोभिड–१९ को विषम परिस्थितिमा पनि लक्ष्यभन्दा बढी
राजस्व सङ्कलन गर्न सफल भएको जानकारी दिएका छन् ।