काठमाडौँ / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरु आज बैठक बस्दै छन् । बैठकमा पार्टी एकताको बिषयमा १० बुँदे समझदारी कार्यान्वयनबारे छलफल हुने भएको छ ।

दुवै पक्ष बैठक बस्ने भने पनि समय भने तय भएको छैन । एमाले स्थायी कमिटीको शुक्रबार बसेको बैठकले कार्यदललाई धन्यवाद दिदै कार्यदल विघटन भएको घोषणा गरेको थियो ।

OM Sai Pathibhara Hospital

स्थायी कमिटीको बैठक रोक्न माग राख्दै एमाले उपाध्यक्ष भीम आचार्य,उपमहासचिव घनश्याम भुसाल,सचिवहरु भीम आचार्य,गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र बैठक स्थल पुगेका थिए । तर नेपाल पक्षको आग्रहलाई ओलीले अस्वीकार गरेका थिए । ओलीको ध्यानाकर्षण गराएर नेपाल पक्षका नेताहरु वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर गएका थिए।

स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपाल पक्षधर नेताहरु सहभागी थिएनन्। त्यसपछि बसेको संसदीय दलको बैठकमा समेत नेपाल पक्षीय सांसदहरु सहभागि भएनन् ।