बिर्तामोड / साहित्य चौतारी बिर्तामोड झापाको २२ औं वार्षिकोत्सव तथा २०८ औँ भानु जयन्ती कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा छन्दवादी कवि डिल्लीराम नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण सुवेदी निराकारले स्वागत गरेका थिए। 

सरगम संगीतालय बिर्तामोडका कलाकारले साहित्य चौतारीको स्वागत गीत प्रस्तुत गरेको कार्यक्रममा  संस्थाका संस्थापक तथा संरक्षक देविभक्त श्रेष्ठले रामायण पाठ गरेका थिए। 

OM Sai Pathibhara Hospital

कार्यक्रममा संस्थाका अध्यक्ष हस्त परियारले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने निवर्तमान अध्यक्ष टंक विकल्पले आगामी रजत महोत्सवबारे जानकारी गराएका थिए। 
 
कार्यक्रममा सामाजिक सञ्जाल मार्फत विभिन्न ठाउँबाट मागिएका इन्दिरा दहाल र रेवतिरमण सापकोटाको कविता संस्थाकी सचिव खगेन्द्र खुशीले, हरिप्रसाद न्यौपाने र गोपाल प्रसाद संग्रौलाको कविता  संस्थाका सदस्य तुलसीप्रसाद भट्टराईले ,महेन्द्र भट्टराई दूरगामीको कविता र मधु पोख्रेलको गजल संस्थाका सदस्य जीवन जगदीश धितालले, सुस्मा दहाल र मीरा काफ्ले पोख्रेलको कविता संस्थाकी सदस्य रिचा उप्रेती संग्रौलाले, छविकिरण ओलीको कविता संस्थाका उपाध्यक्ष कृष्ण सुवेदी निराकारले, विमल अधिकारीको गजल र बिनोद खनालको कविता संस्थाकी सदस्य सुनिता तामाङले वाचन गरेका थिए।    

त्यस्तै कवि डा. खगेन्द्रप्रसाद दहाल, दुर्गा प्रसाद सिग्देल, टंक विकल्प, संस्थाकी सदस्य चित्रा पौड्याल कोइराला, तुलसीप्रसाद निरौलाले कविता वाचन गरेका थिए। 

त्यसैगरी बाल प्रतिभा अनुजा कडरिया, युवराज पोर्तेल, जमुना खरेल, मणि बर्देवा, जीवन जगदीश धिताल, हरि काफ्लेले गीत गाएका थिए। 

कार्यक्रममा  कवि  तुलसीप्रसाद भट्टराईले कवि दुर्गा प्रसाद सिग्देलको भोज मञ्जरी कविता संग्रह माथि चर्चा गरेको कार्यक्रममा श्याम गन्धर्वले सारङ्गीको गीत गाएका थिए 

बाजागाजा र संगीत धुनको ब्यवस्था संस्थाका उपाध्यक्ष दीपक रायमाझीले गरेको कार्यक्रममा बाद्यवादनमा दिनेश खरेल, रमेश पाण्डे, श्याम गन्धर्वले साथ दिएका थिए ।

कार्यक्रममा संस्थाकी संस्थापक तथा संरक्षक उर्मिला बिमली श्रेष्ठ ,सल्लाहकारहरु राजेन्द्र सँग्रौला,अनिरुद्र ओली, कवि भवानी क्षेत्री , कोषाध्यक्ष भवानी गौतमलगायतको आतिथ्य रहेको थियो। कार्यक्रमको सञ्चालन सँस्थाकि सचिव खगेन्द्रा खुसीले गरेकी थिइन्।