सोलुखुम्बु / सोलुखुम्बुमा मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बढेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको घटना विवरणअनुसार जिल्लामा मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटना वृद्धि भएका हुन् । 

सन् २०२० मा ३० घटना अभिलेखीकरण गरेको इन्सेकले सन् २०२१ को छ महिनाको अवधिमा २८ मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका जनाएको छ । 

OM Sai Pathibhara Hospital

बिहीबार सल्लेरीमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा सबैभन्दा बढी बलात्कार र बलात्कार प्रयासका घटना बढी रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । गत वर्ष नौ घटना भएकामा यो वर्ष छ महिनाको अवधिमा १० बलात्कार र बलात्कार प्रयासका घटना घटेको इन्सेक प्रतिनिधि भोजराज कार्कीले बताए । 

यस्तै इन्सेकको तथ्याङ्कअनुसार गत एक वर्षमा पाँच घरेलु हिंसाका घटना घटेको थियो भने चालू वर्षको छ महिनामा छ घटना घटेका छन् । यस्तै कुटपिट तथा धम्कीका घटनासमेत बढेका छन् । गत वर्ष पाँच घटना अभिलेखीकरण गरेको इन्सेकले यस वर्षका छ महिना अवधिमा छ घटना अभिलेखीकरण गरेको छ । 

यस्तै सोही घटनाको समाचार बाहिर आएपछि सात वर्षीया अनाथ बालिकाको समेत प्रहरीले उद्धार गरेको इन्सेकले जनाएको छ । इन्सेक प्रतिनिधि कार्कीका अनुसार प्रहरी नायब उपरीक्षक कविता कटुवालको विशेष पहलमा ती बालिकाको उद्धार गरी एसओएस बालग्राम इटहरी पठाइएको छ ।