काठमाडौँ / एमाले स्थायी कमिटी बैठकले पार्टी एकता गर्न गठित १० सदस्यीय कार्यदल खारेज गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज (शुक्रबार) बसेको स्थायी समितिको बैठकले १० बुँदे सहमति अनुमोदन गर्दै कार्यदल खारेज गरेको हो ।
बैठकले देउवा नेतृत्वको सरकारको विपक्षमा उभिन आफ्ना सांसदहरूलाई निर्देशन दिएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
त्यस्तै अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ऐतिहासिक काम गरेको भन्दै बैठकले धन्यवाद व्यक्त गरेको छ ।