काठमाडौँ / नेकपा एमालेको स्थायी कमिटीको बैठकबाट वरिष्ठ नेता झलनाथ खनाल – माधवकुमार नेपाल पक्षका नेताहरू बाहिरिएका छन् ।
पार्टीको स्थायी कमिटी बैठक रोक्न माग गर्दा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बैठक रोक्न नमाने पछि नेपाल पक्षका नेताहरू बैठकस्थलबाट बाहिरिएका हुन् ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै डा. रावलले शीर्ष तहमा छलफल र परामर्शमा बैठक राख्न माग गरिएको बताएका छन् ।
तर शुक्रबार करिब १२ बजेदेखि संस्थापन पक्षको स्थायी कमिटी बैठक च्यासलमा जारी छ ।



































