काठमाडौँ / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ
सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका
छन् ।
पार्टी स्थायी
कमिटीको बैठकको अध्यक्षता गर्दै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि
निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने जनाएका
छन् ।
ललितपुरको
च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा अध्यक्ष ओलीले आफूहरु
कुनै आवेग र उत्तेजनामा नआउने पनि स्पष्ट पारेका छन् ।
उनले सर्वोच्च
अदालतको प्रतिनिधिसभा पुनःस्थापना हुने फैसलाप्रति असहमति रहने तर कार्यान्वयनमा
जान अघि बढ्ने जनाएका छन् । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल निकटका नेताहरु
अनुपस्थित रहेका थिए ।