काठमाडौँ / सरकारले आगामी साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आज (विहीबार) बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको छ । यस्तै दुबै आयोगका पदाधिकारीको म्याद पनि एक वर्ष थप गरिएको बैठकपछि गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।
गत जेठ ७ गते तत्कालीन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । तर, सर्वोच्च अदालतले संसद् पुनःस्थापना हुने फैसला सुनाउँदै साउन ३ गतेभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो ।
सोही अनुसार आजको मन्त्रिपरिषद् बैठकले पुनःस्थापित प्रतिनिधिसभा बैठकको अधिवेशन बोलाउने निर्णय गरेको हो ।