काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिका बीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताएका छन् ।

निजी निवास बूढानीलकण्ठमा नेपालका लागि अमेरिकाका राजदूत र्याँन्डी बेरीसँगको भेटमा प्रधानमन्त्री देउवाले सो कुरा बताएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

OM Sai Pathibhara Hospital

मंगलबार पद तथा गोपनीयताको शपथ लिनुभएका प्रधानमन्त्री देउवालाई राजदूत बेरीले सोही दिन सामाजिक सञ्जाल मार्फत बधाई दिएका थिए ।