बिर्तामोड / बिहिबार बिहान पानी सर्किएर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाको भद्रपुर६ बस्ने २४ बर्षीय अर्पण श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।  

श्रेष्ठले बिहान साढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउँने क्रममा एक्कासी पानी सर्किदा उनि बेहोस भएका थिए ।

OM Sai Pathibhara Hospital

उनलाई उपचारका लागि भद्रपुर स्थित मेची अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा बिहान पौने ९ बजे श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।