बिर्तामोड / विश्वकै सबैभन्दा तेज स्मरणशक्ति भएका व्यक्ति “मेमोरी किङ”का नामले चिनिने अर्पण शर्माले अर्को विश्व कीर्तिमानको तयारी गरेका छन् ।

स्मरण शक्तिमा दुई वटा गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरिसकेका भद्रपुर निवासी उनले अब तेस्रो कीर्तिमान राख्ने घोषणा गरेका छन् ।

OM Sai Pathibhara Hospital

पहिलोपटक २०७१ सालमा एक मिनेटभित्र ४२ वस्तुको नाम क्रमवद्ध रुपमा सम्झेका उनले दोस्रो पटक ८३ वस्तुको नाम सम्झेर विश्व कीर्तिमान बनाएका थिए

अबको कीर्तिमान कस्तो हुने भन्ने बारेमा यही साउन ३ गते विर्तामोडको सिद्धार्थ होटलमा पत्रकार सम्मेलन गरी जानकारी दिने भएका छन् ।