झापा / गाउँवासीको स्वस्थ जीवन प्रवद्र्धनअभियान अन्तर्गत हल्दिबारी गाउँपालिका वडा नं ५ स्थित शान्ति प्राथमिक विद्यालयमा खुला व्यायामशाला बनाइएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको १५ लाख रुपैयाँ र जनसहभागिताबाट तीन लाख ६५ हजार रुपैयाँका लागतमा तयार गरिएको सो व्यायामशालामा आधुनिक उपकरण छन्।

सङ्घीय सांसद राजेन्द्र लिङ्देनले बुधबार व्यायामशालाको शुभारम्भ गरेका थिए। यसअघि अर्जुनधारा नगरपालिकाले शहीद स्मृति उद्यानमा र कनकाई नगरपालिकाले समेत व्यायामशाला निर्माण गरिएको छ ।