बेइजिङ(सिन्ह्वा) चीनको राजनैतिशास्त्र तथा कानून विश्वविद्यालयका पूर्व उपाध्यक्ष यू झिगाङलाई घुस लिएको आरोपमा लाओनिंग प्रान्तको पिपल्स प्रोक्यूरेटरेट्ले पक्राउ गरेको छ । 

राष्ट्रिय पर्यवेक्षण आयोगले गरेको अनुसन्धानपछि यूको मुद्दा समीक्षा र अभियोजनका लागि अपराध अनुसन्धान अधिकारीलाई हस्तान्तरण गरिएको ‘सुप्रिम पिपल्स प्रोक्चरेटोरले बिहीबार एक विज्ञप्ति मार्फत बताएको छ । 

OM Sai Pathibhara Hospital

मुद्दामाथि थप अनुसन्धान भने जारी रहेको बताइएको छ । यूलाई दलको अनुशासन र कानुन उल्लङ्घन गरेको आरोपमा चिनियाँ कम्यूनिस्ट पार्टी सदस्य र सार्वजनिक सेवाबाट पनि निस्काशन गरिएको छ ।