काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले वरिष्ठ नेता माधव कुमार नेपाल भेट्न कोटेश्वर गएका छन् । बिहीबार नेता नेपाललाई भेट्न विप्लव र धर्मेन्द्र बाँस्तोला कोटेश्वर गएका हुन् ।
भेटका क्रममा नेता नेपालसँग विप्लवले पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयवस्तुमा केन्द्रित रहेर छलफल गर्ने नेपाल निकट स्रोतले जनाएको छ ।
यसअघि बुधबार विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग ३ बुँदे सहमति गरेपछि शान्तिप्रक्रियामा आएपनि विप्लवको माग पूरा भएको छैन ।
नेता कार्यकर्ताको रिहाईलगायतका माग पूरा नभएको सन्दर्भमा उनले प्रचण्डसँग सोही विषयमा छलफल गरेको बुझिएको छ ।