काठमाडौं / निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन्। आज (बुधबार) बिहान सरकारी निवास बालुवाटारबाट आफ्नै  निजी निवास बालकोट सरेका हुन् । 

केपी ओली तीन वर्ष ५ महिनापछि प्रधानमन्त्रीबाट बाहिरिएका हुन् । उनलाई एमालेनिकट युथ फोर्सले बालुवाटारबाट बालकोटसम्मै स्कर्टिङ गरेर लगेको छ ।

OM Sai Pathibhara Hospital

२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् । देउवाले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै बुधबार साँझ नै कार्यभार सम्हालेका छन् ।

4 1


3


2 1

1