काठमाडौँ / ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार अदालत हाजिर भएका छन् । फरार रहेका गच्छेदार आज अदालतमा हाजिर भएका हुन् ।
लामो समयदेखि अदालतमा म्याद नबुझेपछि अदालतले सार्वजनिक सूचना समेत जारी गरेको थियो । हाजिर हुन सार्वजनिक सूचना जारी गर्दासमेत हाजिर नभएका गच्छदार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै अदालतमा हाजिर भएका हुन् । अदालत स्रोतका अनुसार उनी बुधबार बिहान सहयोगीसहित अदालतमा उपस्थित भएका छन् ।
अदालतमा गच्छदारको पहिले प्रारम्भिक बयान हुने र त्यसपछि थुनछेक बहस सुरु हुने बताईएको छ । यसअघि अदालतले बोलाउँदा उपस्थित नभएपछि उनलाईलाई फरार अभियुक्तको सूचीमा राखिएको थियो । प्रहरीले पनि उनको ठेगाना पत्ता नलागेको बताउँदै आएको थियो ।