मोरङ / रंगेलीबाट शिशु हत्याको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । छोरीको जन्म भएपछि घाँटी थिचेर हत्या गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका ५ आँपगाडी टोल बस्ने मृत नवजात शिशुका बुबा अरुण, आमा खुस्बु, हजुर बुवा ५० बर्षीय नागेश्वर मण्डल र हजुरआमा ४८ बर्षीय उर्मिला मण्डल रहेको ईलाका प्रहरी कार्यालय रंगेली मोरंगले जानकारी दिएको छ।

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार खुस्बुले आइतबार राती साढे ८ बजे छोरीलाई जन्म दिएकी थिइन् । छोरी भएको थाहा भएपछी ब्ल्याँकेटले घाँटी थिचेर हत्या गरि आफैले सञ्चालन गरेको मदिरा पसलभित्र खाल्डो खनेर गाडेको भेटिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका उनीहरुलाई कर्तब्य ज्यान कसूरमा मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि घटना बारे अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।