काठमाडौँ / नेपालमा पाँचौँ कार्यकाल प्रधानमन्त्री बनेका नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले  राजनीतिज्ञको सूचीमा नाम दर्ज गराएका छन् । देउवाले आज पाँचौँ पटक प्रधानमन्त्री बन्ने सुचीमा आफ्नो नाम राख्न सफल भएका छन्  । 

देउवासँगै पाँच पटक प्रधानमन्त्री बन्ने गिरिजा प्रसाद कोइराला  र सूर्य बहादुर थापा पनि छन्  ।   किर्तिमानी दुई पूर्व प्रधानमन्त्रीको निधन भइसकेको छ । 

OM Sai Pathibhara Hospital

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका हुन् ।

यसअघि देउवा तत्कालीन राजा वीरेन्द्र शाहको पालामा पहिलोपटक २०५२ साल भदौ २७ देखि २०५३ साल २९ फागुनसम्म प्रधानमन्त्री भएका थिए ।

त्यसको पाँच वर्षपछि उनी तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा दुई पटक प्रधानमन्त्री भए । देउवाको दोस्रो पटक २०५८ साउन देखि २०५९ असोज १८ सम्म प्रधानमन्त्री भएका थिए ।

तर तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई हटाएर ०५९ असोज १८ मा शासन सत्ता आफ्नो हात लिएका थिए । लगत्तै आन्दोलन भएपछि देउवालाई ०६१ साल जेठ २१ मा तेस्रो पटक प्रधानमन्त्री भए । तर उनको कार्यकाल ८ महिनाभन्दा बढी हुन सकेन । देउवालाई असक्षम भन्दै ज्ञानेन्द्रले माघ १९ मा आफैँ देशको शासन सत्ता हातमा लिए ।

०६१ सालपछि करिव १३ वर्ष देउवा प्रधानमन्त्री भएनन् । उनी २०७४ साल जेठ २३ मा माओवादी केन्द्रको समेत साथ पाएर प्रधानमन्त्री भएका थिए । 

नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजा प्रसाद कोइराला २०४८ यता पटक पटक गरी ५ पटक प्रधानमन्त्री भए । पहिलो पटक २०४८ जेठ १२ गते प्रधानमन्त्री बनेका उनी २०५४ देखि २०५५, २०५६ २०५८ मा चौथो पटक प्रधानमन्त्री भएका थिए ।

२०६३ वैशाख ११ को लोकतान्त्रीक आन्दोलन पछि प्रतिनिधिसभाको पुनर्बहाली भएको थियो र सत दलका प्रधानमन्त्री बनाइएका थिए । 

२०६६ साल चैत्र ७ गते उनको निधन भएको थियो । त्यस्तै पाँच पटक प्रधानमन्त्री बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सुर्य बहादुर थापा पनि एक हुन् । 

थापा राजा महेन्द्र, बिरेन्द्र र राजा ज्ञानेन्द्र गरि ३ जना राजाहरूको शासन कालमा प्रधानमन्त्री भएका थिए । थापा पहिलो पटक २०२१ सालमा प्रधानमन्त्री बने । त्यसपछि २०३३, २०३६, २०५४ र २०६० मा गरि राजनीतिक जीवनमा पाँचौ पटक प्रधानमन्त्री बनेका थिए । 

२०३६ सालको जनमतसङ्ग्रहलाई निर्दलीय  पञ्चायतको पक्षमा ल्याउन साम, दाम, दण्ड भेदको नीति अख्तियार गरेर चर्चाको शिखरमा रहेका थापाले तत्कालीन राजा वीरेन्द्रसँग संनवय स्थापित गर्न सकेनन् ।

राष्ट्रिय पञ्चायतमा उनका विरुद्धमा ल्याइएको अविस्वास्को प्रस्तावमा नाटकीय रूपमा उनी पराजित भए ।

प्रजातन्त्र पुनस्थापना पछि कांग्रेसको समर्थनमा नै प्रधानमन्त्री बनेका थापा ज्ञानेन्द्रको शासन कालमा पनि प्रधानमन्त्री भएका थिए । थापाको विसं. २०७२ साल बैशाख २ गते निधन भएको थियो । 

आफैँले गराएको चुनावमा नेपाली कांग्रेस हारेपछि चर्को आलोचना खेपेका देउवा अहिले अर्को चुनाव नआउँदै प्रधानमन्त्री बन्दैछन् । प्रधानमन्त्री नियुक्त भएपछि उनले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।

देउवाले  विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा ७६ को उपधारा (७) अनुसार प्रतिनिधिसभा विघटन हुनेछ र देउवाले नै फेरि अर्को चुनाव गराउनेछन् ।