काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पाँचौँ पटक प्रधानमन्त्री
नियुक्त भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा बिघटन बदर गर्दै देउवालाई
प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका हुन् ।
देउवा पहिलोपटक २०५२ साल भदौ
२७ देखि २०५३ साल २९ फागुनसम्म प्रधानमन्त्री भएका थिए ।
त्यसको पाँच वर्षपछि उनी
दोस्रो पटक २०५८ साउन देखि २०५९ असोज १८ सम्म प्रधानमन्त्री भएका थिए । यस्तै देउवालाई २०६१ साल जेठ
२१ मा तेस्रो पटक प्रधानमन्त्री भएका देउवाको कार्यकाल आठ महिनाभन्दा बढी हुन सकेन
। देउवालाई असक्षम भन्दै ज्ञानेन्द्रले माघ १९ मा आफैँ देशको शासन सत्ता हातमा लिए
।
२०६१
सालपछि करिब १३ वर्ष देउवा प्रधानमन्त्री भएनन् । उनी २०७४ साल जेठ २३ मा माओवादी
केन्द्रको समेत साथ पाएर प्रधानमन्त्री बनेका थिए । देउवा आज प्रधानमन्त्रीमा
नियुक्त भएपछि एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।
देउवाले विश्वासको मत प्राप्त गर्न
नसकेमा संविधानको धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटन हुनेछ र देउवाले
नै फेरि अर्को चुनाव गराउनेछन् । यसैबीच
प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् पनि बनाउने
तयारी गरेका छन् ।