काठमाडौं / राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर
देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको जानकारी दिएको छ । सर्वोच्च अदालतले तोकेको
२८ घण्टाको समय एक घण्टा मात्र बाँकी रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्तिमा
संविधानको धारा उल्लेख शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त
गरेकी छन् ।
सर्वोच्चले
सोमबार दिउँसो संसद पुनर्स्थापना गर्दै १४९ सांसदको समर्थन पाएका देउवालाई २९ गते
साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
राष्ट्रपति
कार्यालयका सहायक प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट
श्री सर्वोच्च अदालत, संवैधानिक
इजलासको मिति २०७८/०३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवं नेपाली
कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा
नियुक्त गर्नुभएको छ।’
देउवालाई
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र एमाले नेताहरुले ‘जनादेशबाट होइन, परमादेशबाट
नियुक्त प्रधानमन्त्री’ भनेका
छन् । राष्ट्रपति कार्यालयले देउवालाई सर्वोच्चको फैसला बमोजिम प्रधानमन्त्री
नियुक्त गरेको बताएको छ ।
देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी गरेका थिए, जसलाई राष्ट्रपतिले अस्वीकृत गरेपछि अदालत गएका थिए ।