काठमाडौँ / निबर्तमान प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले
विश्वमै पहिलो पटक अदालतले प्रधानमन्त्रीलाई अदालतले हटाउँदै नयाँ नियुक्ति गरेको
बताएका छन्।
ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै विश्वको इतिहासमा
पहिलो पटक अदालतले प्रधानमन्त्रीलाई हटाएर नयाँ नियुक्त गर्ने आदेश दिएको बताएका
हुन् ।
‘जनताको बीचमा जान आँट नगर्ने,अदालत गएर
मुद्दा लडेर करेसाबारीको झगडा हो यो? गजब छ’, उनले भने, ‘विश्वमा
पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो, प्रधानमन्त्री
हटाइयो । यही विश्व न्यायिक प्रणालीमा अनुकरणीय भएछ भने विडम्बना भन्नुपर्ला ।’
ओलीले आफ्नो नेतृत्वको सरकारले देश र जनताको पक्षमा काम गर्दा
ढलाइएको गुनासो गरेका छन् । उनले भने, ‘एमालेको
सरकार ढलाइयो, यो सरकार किन ढलाइयो भने सरकारले
सार्वभौमसत्ताको पक्षमा काम गर्यो । विकासको पक्षमा काम गर्यो । जनतालाई राहत
सुविधा पुर्याउने, अधिकार
सम्पन्न बनाउने कुरामा काम गर्यो । यी दिशामा धेरै काम गर्यो । अरू त कुनै कारण
छैन। ’