काठमाडौं / निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र संसद् सही सलामत रहनेमा आफूलाई शंका रहेको बताएका छन् ।

ओलीले आज सिंहदरबारबाट देशवासीको नाममा सम्बोधन गर्ने क्रममा सरकार र संसद सही सलामत रहनेमा आफूलाई शंका रहेको बताएका हुन् । 

OM Sai Pathibhara Hospital

सम्बोधन गर्ने क्रममा उनले भने – ‘जे जस्ता घटनाक्रम विकास हुँदैछ, यसले संसद पनि सही सलामत अगाडि जाला, अब बन्ने सरकार सही सलातम ढंगले अगाडि बढ्ला भन्नेमा शंकै छ ।’ 

अदालतको यो फैसलाको असरहरू आगामी दिनमा देखिने उनले बताए । राष्ट्रिय सार्वभौमसत्ता र स्वाधीनतालाई वास्तविक अर्थमा सबल बनाउँदै जानुपर्ने बेला राजनीतिलाई विपरीत दिशामा लान खोजिएको भन्दै उनले भने,  ‘यसले विगतमा अग्रणी भूमिका खेल्ने पात्रहरु परिचित छन् । उनीहरूको इतिहास, भूमिका देश र जनतालाई थाहा छ । मैले केही भनिरहनु पर्ला जस्तो लाग्दैन ।’