काठमाडौं / निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशलाई खोपको अभाव नरहेको दाबी गरेका छन् ।

आफ्नो कार्यकालमा प्राप्त भएका कोरोनाविरुद्धको खोपको फेहरिस्त सुनाउँदै उनले कतिपय खोप आइसकेको र कतिपय प्रक्रियामा रहेकाले कुनै अभाव नरहेको  बताएका हुन् । 

OM Sai Pathibhara Hospital

उनका अनुसार भारतबाट अनुदानमा ११ लाख जोड खोप प्राप्त भएको छ । यसैगरी चीनबाट ४० लाख डोज खोप खरिद गरेको उल्लेख गर्दै जसमध्ये ८ लाख डोज खोप नेपाल आइसकेको जानकारी दिए । 

उनले अरू ३२ लाख डोज खोप क्रमशः आउने पनि विश्वास व्यक्त गरे । उनले यसअघि नै चीनबाट १८ लाख डोज खोप प्राप्त भएको पनि जानकारी दिए । यस्तै चीनले नै १६ लाख डोज अनुदानमा दिने घोषणा गरेको पनि ओलीको भनाइ छ ।

मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले थप ६० लाख डोज खोप खरिद प्रक्रिया सुरु भइसकेको भन्दै ओलीले अमेरिकाबाट सोमबार मात्रै १५ लाख चानचुन डोज खोप नेपाल आएको बताए । 

जापानबाट १६ लाख खोप दिने घोषणा भएको उल्लेख गर्दै ओलीले कोभ्याक्स अन्तरगत ३ लाख ४८ हजार बढी डोज खोप आएको  र ३ लाख ५० हजार डोज आउने क्रममा रहेको उनको भनाइ छ । 

यस्तै जोनसनको ५० लाख डोज, मोडर्नाको ४० लाख, फाइजरको ४० लाख र कोभिसिल्ड २० लाखसमेत गरी १ करोड ५० डोज खोप सुविधा मूल्यमा केही प्राप्त हुने क्रममा रहेको ओलीको भनाइ छ । 

बालबालिकालाई दिन मिल्ने खोप ६० लाख डोज खरिद प्रक्रियामा रहेको पनि ओलीको भनाइ छ ।