काठमाडौं / निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा
ओलीले आफू सरकारबाट बाहिरिनु परेकोमा कुनै चिन्ता नभएको व्यक्त गरेका छन् ।
उनले आज सिंहदरबारबाट देशवासीको
नाममा सम्बोधन गर्ने क्रममा उनले कुनै चिन्ता नभएको बताएका हुन्।
उनले भने,‘सरकारबाट
बाहिरिनुपरेकोमा मलाई चिन्ता छैन । मैले जनताको पक्षमा काम गरेको हुँ
। विकास, सुशासन र समृद्धिलाई ध्यानामा राखेर सम्पूर्ण इमानदारीताका साथ काम
गरें । नयाँ नयाँ भीजन दिएर काम गरेको हुँ ।’
ओलीले आफ्नो
नेतृत्वमा देशले चौतर्फी ढंगवाट विकास, परिवर्तन र रुपान्तरण अनुभुत गरेको बताएका छन् ।
उनले भने,‘मेरो नेतृत्वको
सरकारमा जनताले राहत महशुस गरे । आफ्नो कामप्रति म ढुक्क छु । मलाई कुनै पनि चिन्ता छैन्।’