काठमाडौं  / प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टीका कार्यकर्तालाई धैर्यता र संयमता नगुमाउन आग्रह गरेका छन् ।

निवर्तमान प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा बिदाइ सम्बोधन गर्दै आफ्ना पार्टीका कार्यकर्तालाई धैर्यता र संयमता नगुमाउन आग्रह गरेका हुन् ।

OM Sai Pathibhara Hospital

सम्बोधनका क्रममा ओलीले भने– ‘अदालतको फैसला मानेर त्यसलाई कार्यनयन गरेको हुँ । पार्टीका कार्यकर्ताहरूले धैर्यता, संयम गुमाउने होइन ।” ओलीले आफू जनताको अभिमतमा प्रधानमन्त्री नियुक्त भएको र अहिले सर्वोच्चको परमादेशमा पदमुक्त भएको टिप्पणी गरे ।